सेप्टेम्बरमा भारतको निर्यात ६३.८४ अर्ब अमेरिकी डलर | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

सेप्टेम्बरमा भारतको निर्यात ६३.८४ अर्ब अमेरिकी डलर

एजेन्सी, २९ असोज ||
सेप्टेम्बरमा भारतको समग्र निर्यात ६३.८४ अमेरिकी डलर रहेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बताएको छ । यो संख्या एक वर्षअघि ६४.६१ बिलियन अमेरिकी डलरसँग तुलना गरिएको हो । मन्त्रालयका अनुसार सेप्टेम्बरमा समग्र आयात ६८ अर्ब ७५ करोड अमेरिकी डलर थियो । मन्त्रालयले अप्रिल—सेप्टेम्बरमा समग्र निर्यात २.९७ प्रतिशतले घटेको जनाएको छ । त्यस्तै अप्रिल—सेप्टेम्बरमा समग्र आयात अघिल्लो वर्षको तुलनामा १०.१४ प्रतिशतले घटेको छ । भारतको व्यापार घाटा अप्रिल—सेप्टेम्बरमा उल्लेख्य गिरावट आएको छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);