‘नेपाली कार्टुन तुलनात्मक रुपमा धेरै शालिन र सभ्य छन्’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

‘नेपाली कार्टुन तुलनात्मक रुपमा धेरै शालिन र सभ्य छन्’

काठमाडौं, २९ असोज । कार्टुनबाट राजनीतिमा सबै पक्षलाई चित्त बुझाउनसक्ने अवस्था नरहने कार्टुनिष्टहरुले बताएका छन् । सोमवार काठमाडौंमा आयोजित सञ्चारमाध्यममा कार्टुनको प्रयोग र आचारसंहीता विषयक कार्यक्रममा कार्टुनिष्टहरुले यस्तो बताएका हुन् । उनीहरुले सञ्चारमाध्यममा कार्टुन प्रभावकारी विधाको रुपमा आइरहेको पनि बताए । उनीहरुले पछिल्लो समयमा सामाजिक सञ्जालमा कार्टुनमा कुनै नेतालाई छुनै नहुने जस्ता प्रतिक्रिया पाउने गरेकोमा दुःख व्यक्त गरे । कार्टुनिष्ट क्लवका पूर्वअध्यक्ष अविन श्रेष्ठले केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट कार्टुनिष्टहरुले कुनै नेताप्रति गरेको व्यंग्यका कारण आक्रमण झेलिरहनुपरेको दुखेसो गर्नुभयो । उहाँले नेपाली कार्टुन तुलनात्मक रुपमा धेरै शालिन र सभ्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यममा कार्टुन प्रभावकारी विधाको रुपमा आइरहेको छ । जहाँसम्म आचारसंहीताको कुरा छ, यो कस्तो हुन्छ भने विशेष हामी पोल्टिकल्ली कार्टुनिष्टहरुलाई धरैजसो कार्टुनको विषयवस्तु राजनीति नै हुने भएकाले राजनीतिमा सबै पक्षलाई चित्त बुझाउनसक्ने अवस्था हुँदैन । कुनै न कुनै पक्षलाई चित्त नबुझिरहेको नै हुन्छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा राख्ने गर्छौं, त्यसमा आउने प्रतिक्रिया हेर्दा अहिले एक दुई जना नेतालाई छुनै नहुने, छोयो भने आक्रमण झेलिहाल्नुपर्ने, यस्ता यस्ता आचारसंहीता सिकाउन तत्पर हुन्छन्, सामाजिक सञ्जालका प्रयोग कर्ताहरु । हामी छक्क पर्छौं । प्रेस काउन्सिलमा उजुरी राख भन्छौँ । तर कहिले काहीँ प्रेस काउन्सिलले त्यस्ता कुरा नउठाइदिँदा चित्त दुख्छ । नेपाली कार्टुन तुलनात्मक रुपमा धेरै शालिन छन् । त्यत्ति भइकन पनि विभिन्न आक्षेप लगाउँदा चित्त दुख्छ ।’

उहाँले नेपाली कार्टुन अन्य देशको तुलनामा सभ्य र शालिन हुँदाहुँदै पनि लाग्ने आक्षेपका कारण दुःख लाग्ने गरेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);