इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न आज ११ बजे राति विमान उड्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न आज ११ बजे राति विमान उड्ने

काठमाडौं, २४ असोज । इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज उता जाने भएको छ । नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

इजरायलमा मृत्यु भएका १० जनाको शव र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो । सरकारले उडानको अनुमति पाउने वित्तिकै जाने गरि विमानलाई तयारी अवस्थामा राखेको जनाएको छ । युद्ध जारी रहेका कारणले इजरायलले उडान अनुमति दिन अन्कनाइरहेको छ । उत्पन्न परिस्थितिका कारण समस्या भइरहेको इजरायल सरकारले नेपाली दूतावासलाई जानकारी गराएको छ । नेपालीहरूको उद्धारको लागि इजरायलको डिफेन्स मन्त्रालय अन्तर्गत रहेको नेशनल डिफेन्स म्याकानिज्मले अनुमति दिनुपर्ने हुन्छ । इजरायलको अवस्था अझै संवेदनशील रहेको भन्दै तत्काल उडान भर्न असहज हुने भन्दै अनुमति दिन सकेको छैन ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स विमान चार्टर्ड गर्ने निर्णय गरेको थियो । सोही आधारमा दुवै एयरलाइन्सका विमान तयारी अवस्थामा राखिएको तर, उडान अनुमति नपाउँदा ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत शनिवार बिहान प्यालेस्टाइनस्थित हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । त्यस्तै ४ जना घाइतेको उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);