काठमाडौं, २४ असोज । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ ।
असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् । प्रशिक्षकले मंगलवार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताउनु भयो । उहाँले लाओससँग खेल्नका लागि आफूहरु सबै किसिमले तयार रहेको बताउनु भयो ।
त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताउनु भयो । उहाँले तयारी राम्रो भएको र नयाँ खेलाडीहरु भएकाले जोश जाँगर रहेको बताउनु भयो । नयाँ खेलाडीलाई आफूहरुको अनुभव सिकाउने बताउनु भयो । उहाँले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताउनु भयो ।
नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।