इजरायलामा मारिएका १० नेपालीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने,आज राष्ट्रिय शोक मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

इजरायलामा मारिएका १० नेपालीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने,आज राष्ट्रिय शोक मनाउँदै

काठमाडौं, २३ असोज । सरकारले इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो ।

योदिन देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय छ । बेैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।साथै मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ

यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने निर्णय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);