सिक्किमको टिस्टा नदीमा बाढी,इलामका १० जना सम्पर्कविहीन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सिक्किमको टिस्टा नदीमा बाढी,इलामका १० जना सम्पर्कविहीन

काठमाडौं,२३ असोज । सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्कविहीन भएको पुष्टि भएको छ । सिक्किमको टिस्टा नदीमा आएको बाढीपटि यही असोज १६ गतेदेखि सम्पर्कविहीन इलाम नगरपालिका–९ का १० जनाको अझै कुनै पत्तो नभएको बताइएको छ ।

कामको खोजीमा सिक्किम पुगेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनु भयो । उनीहरूको अवस्थाबारे छलफल र खोजीका लागि पहल गर्ने उद्देश्यले  पीडित परिवार र सरोकारवालासहितको बैठक बोलाइएको छ। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सम्पर्कविहीन भएको मौखिक सूचना आए पनि सिक्किम प्रशासनबाट उनीहरूबारे जानकारी पाउन नसकिएको बताउनु भयो ।

टिस्टा नदिमा बाढी आएपछि त्यहाँ टेलिफोन र विद्युतसमेत अवरूद्ध हुँदा सिक्किममा सम्पर्क स्थापित हुन नसकेको बताइएको छ । टिस्टा नदीमा एकाएक पानीको सतह बढ्दा केही सैन्य गाडी हिउँको लेदोमा डुबेका, कयौँ वस्तीमा बाढी पसी घर भत्किँदा मानिसहरू विस्थापित भएका छन् । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेका बताएका छन् । त्यसमध्ये इलामका स्थानीय पनि रहेका बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);