विद्युत विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप आएको छ ः मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

विद्युत विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप आएको छ ः मन्त्री बस्नेत

shakti basnet

काठमाडौं, २२ असोज ||
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत विधेयक ल्याएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरुप नै विधेयक ल्याइएको बताउनुभएको हो । उहाँले संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको बताउनु भयो । उहाँले विधेयकले कुनै एउटा पक्षलाई मात्रै समेटेर नहिडेको बताउनु भयो । सबै क्षेत्रलाई आ–आफ्नो प्रकारको जिम्मेवारी दिइएको उहाँको भनाई छ ।
उहाँले मन्त्रालयले नविकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानून मन्त्रालयमा रायका लागि पठाइएको पनि बताउनु भयो । ति विधेयकहरु पनि छिट्टै ल्याइने उहाँले बताउनु भयो ।

 

Leave a Reply