इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न सांसदहरुको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न सांसदहरुको माग

काठमाडौं, २२ असोज ||
प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न सरकारसँग माग गरेका छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन् । उनीहरुले द्वन्द्वमा परी घाइते भएकाहरुको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन् । प्रतिनिधि सभा सदस्यहरुले छिटोभन्दा छिटो कुटनीतिक पहल गरेर संकटमा फसेका नेपालीहरुको उद्धार गर्न सरकारको गम्भिर रुपले ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले घाइतेहरुको उपचार गर्न र नेपालीहरुलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसदमा प्रश्तुत गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य असिम साहले नेपालको सत्तामा रहेकाहरुलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरु इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरुपनि जिम्मेवार रहेका बताउनु भयो । देशको साधन, स्रोतमा नेपाली हमासहरुको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरु विदेशीनु परेको बताउनु भयो । सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले इजरायलमा फसेका नेपालीहरुको उद्धार गरी उनीहरुलाई आफ्नो देश र राज्य छ भन्ने अनुभुति गराउनुपर्ने बताउनु भयो । उहाँले उनीहरुको प्राण बचाउन सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले सरकारको इजरायलसँगको कुटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रुपमा पोखिएको बताउनु भयो । उहाँले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा तत्काल देश फर्काउन माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कुटनीतिक पहल यथाशिघ्र गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य शर्माले इजरायलको युद्धक्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो भुमिका नेपालले खेलोस् भन्ने अपेक्षापनि व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);