झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनामाथि मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनामाथि मुद्दा

काठमाडौं, २१ असोज । अख्तियारले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार र सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुन्धान आगोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि प्रतिवादी बनाएको छ ।

उनीहरुमाथि सर्लाहीको लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोप छ ।

सर्पको विष संकलन, प्रशोधन र उत्पादनका लागि रिसर्च सेन्टर स्थापना गरिएको थियो । मन्त्री विजयकुमार र तत्कालीन नगरप्रमुख मानबहादुर खड्काले आफूहरुसँग नभएको अधिकार प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको उक्त प्रतिष्ठानलाई सरकारी रकम उपलब्ध गराई सोही संस्थाबाट कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्कन गर्ने सम्झौता गरेको अख्तियारले पृष्टि गरेको छ ।

उनीहरुले बदनीयत तरिकाले १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरिएको रकमबराबरको बिगो मानेर मुद्दामा मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);