नेपालमा अवसर र संभावना प्रचूर छः अध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नेपालमा अवसर र संभावना प्रचूर छः अध्यक्ष ढकाल

सत्यनारायण मानन्धर ||
बुटवल, १९ असोज ||
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अवसर र संभावना प्रचूर मात्रामा रहेकाले सरकारले आम उद्योगी व्यवसायी र नागरिकको आत्मविश्वास र मनोबल उच्च बनाउने भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा उद्घाटन गर्दै ढकालले कोराना महामारीको असरपछि बिग्रिएको अर्थतन्त्र सुधार हुने क्रममा रहेकाले अब निराश र नकारात्मक हुन नहुन आग्रह गरे ।
निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गरेर सोही अनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार आउन थालेको पनि ढकालले बताएका छन् । अध्यक्ष ढकालले विगतमा नेपाल उद्योग बाणिज्य महासंघसहितका नीजि क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता गर्दा समस्या हुने गरेकोमा अहिले सुधार भएको बताए ।
अध्यक्ष ढकालले आर्थिक मन्दी र संकट नेपालको मात्र नभई विश्वव्यापी संकट भएको र अब सुधारको क्रममा रहेकाले निराश र नकारात्मक नहुन आग्रह गरे । हालै मात्र नेपाल उद्योग बाणिज्य महासंघको ढोरपाटन बैठकले सातवटै प्रदेश सरकारसंग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाले लगानीमैत्री वातावरण बनाउन सरकारी निकाय गम्भीर भएर लाग्न आग्रह गरे ।
ट्रंकलाइन विद्युत महशुल विवादमा कतिपय उद्योगीले प्रयोग नै नगरेको विद्युतको महशुल तिर्नुपर्ने परिबन्दमा परेकाले यसबारे सरकारले न्यायोचित निकास दिनुपर्ने अध्यक्ष ढकालले बताए । गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर ठूला होटेल सहित पर्यटन क्षेत्रमा अरबौं लगानी भएपनि पुर्ण क्षमतामा सञ्चालन नहुंदा लगानी जोखिममा परेकाले सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);