एकदिवसीय विश्वकप क्रिकेट केहीबेरमा सुरू हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एकदिवसीय विश्वकप क्रिकेट केहीबेरमा सुरू हुँदै

काठमाडौं, १८ असोज । एकदिवसीय विश्वकप क्रिकेट २०२३ आजबाट सुरु हुँदैछ । ४६ दिने प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड र न्युजिल्याण्डबीच हुनेछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २ बजे सुरु हुनेछ । टस दिउँसो १ः३० बजे हुनेछ ।

विश्वकप २०१९ को फाइनलमा इङ्ल्यान्ड र न्युजिल्याण्डबीचको अन्तिम खेल खेलिएको थियो । त्यसपछि खेल र सुपर ओभरमा बराबरी भएपछि इंग्ल्याण्डले थप बाउन्ड्री प्रहारको आधारमा उपाधि जितेको थियो । यस्तो अवस्थामा किवी टोलीसँग २०१९ मा भोगेको हारको खाता बराबरी गर्ने मौका हुनेछ ।

इङ्ल्यान्ड र न्युजिल्याण्डबीच हालसम्म ९५ ओडीआई खेलिएको छ । दुवैले ४४–४४ खेल जितेका छन् । ३ खेल बराबरीमा परे भने ४ खेल अनिर्णित रह्यो । विश्वकपमा अहिलेसम्म यी दुई टोलीबीच १० वटा खेल भएका छन् । दुवै टोली ५–५ ले विजयी भएका थिए । २०१९ को विश्वकपमा यी दुईबीचको अन्तिम खेल टाई भएको थियो । कुरा सुपर ओभरमा पुग्यो तर बराबरी भएपछि पनि इङ्ल्यान्डले बढी बाउन्ड्री प्रहारको आधारमा खेल जित्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);