ढुंगा र ईंटा हान्न थालेपछि नेपालगन्जमा कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

ढुंगा र ईंटा हान्न थालेपछि नेपालगन्जमा कर्फ्यु

काठमाडौं, १६ असोज । बाँकेको नेपालगन्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको ¥यालीमा उपस्थितहरु मध्ये केहीले घरमाथिबाट ढुंगा र ईंटा प्रहार गरेपछि स्थिति असामान्य हुन थालेको कर्फ्यु जारी गरेको सिडियो विपिन आचार्यले जानकारी दिएका छन् ।

Leave a Reply