काठमाडौं, ४ माघ । नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा गत पुस २६ गते थाइल्यान्डको राजधानी बैंकक गएका एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षण सकेर आठ दिनपछि स्वदेश फर्किन लागेका छन् ।अध्यक्ष ओली बिहीबार आज स्वदेश फर्कंदै छन् ।ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी थाई एअरवेजको विमानबाट अपराह्न साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।
बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताए ।थाइल्यान्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलो गरी स्वदेश फर्किन लागेका हुन् ।आजको नयाँ पत्रिकामा यो खबर छ ।