काठमाडौं, १६ असोज । नेपाल र भारत क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
१९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलको पहिलो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका छन् ।
दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराएका हुन् ।
नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेको छ । विजेता टिमले सेमिफाइनलमा स्थान पाउनेछ ।