नारायणहिटीको श्रीपेच खोसेर राजालाई लगाईदिने शाही युवाशक्ति नेपाल अध्यक्षको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नारायणहिटीको श्रीपेच खोसेर राजालाई लगाईदिने शाही युवाशक्ति नेपाल अध्यक्षको घोषणा

काठमाडौं, १६ असोज । शाहीयुवाशक्ति नेपालले राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । आगामी असोज २० गते रत्नपार्क देखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने बताईएको हो । उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आमजनतासँग अपील गरिएको छ ।

शाही युवाशक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताअब राजाको पक्षमा खुल्न थालेको बताए । राजा ल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ । पूर्वराजा ज्ञानेन्द्र शाह केही दिन अघि भक्तपुर जाँदा ५० हजारभन्दा धेरैले स्वागत गरेको उनको दाबी छ ।

राजा र राजसंस्था स्थापितगर्न जतना सडकमा आउन पर्ने उनले बताए । अहिलेको सरकार जनता सडकमा आउने हुन् किभनेर डराइरहेको उनले बताए । राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजा बनाउन सकिने उनको दाबी छ । विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्था फालेको उनले बताए ।

राजा र राजसंस्थाबिनाजनताहरु टुहुरो बनेको उनको भनाई छ । जनताको नाममा राजाले राजगद्दी र राजसंस्थात्याग्नतयार भएपनि गणतन्त्रवादीहरुले वडा अध्यक्षसम्मत्याग्ने साहस देखाउननसकेको उनले टिप्पणी गरे । नेकपा (एस) की सचिवरामकुमारी झाँक्रीले मन्त्री पद त्याग्दा रोएको प्रसंग उल्लेख गर्दैउनले यो व्यवस्थालाई चाँडो दाहसंस्कार गर्नपर्ने बताए ।

‘रामकुमारी झाँक्रीमन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् । यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने कामनगरौं ।’ उनले भने,‘जनतालाई नसोधीचोर बाटोबाट ल्याइएको गणतन्त्र हो । मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’

जनताले हजारौं स्यालभन्दा एउटै सिंह (राजा) चाहियो भनिरहेको उनको बुझाइ छ । राजाचाहियो भन्ने जनताहरु अब सडकमाआउनआवश्यक रहेको उनले बताए । विना स्वार्थ राष्ट्रिय झण्डा बोकेर सडकमा आउनउनले आम नेपालीलाई आह्वान गरे । जनताको नाममा राजगद्दी र श्रीपेच त्याग गर्ने राजाविश्वमाकहीपनि नरहेको बताउँदै उनले ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्नपर्ने बताए ।

नेपालको राजसंस्था नेपालीजनताको भएको बताउँदै उनले राजा र राजसंस्थाफर्काउने कर्तव्य नेपालीजनताको भएको बताए । गणतन्त्रवादीहरुले देशलाई संघीयतामा लगेर टाट पल्टाएको उनको अरोप छ । नेताहरुले विदेशीको पैसा खाएर गणतन्त्रको पक्षपोषण गरिरहेको उनको आरोप छ । साथै, विदेशीको ऋणको भरमा गणतन्त्र र संघीयता टिकिरहेको उनको भनाई छ ।

गणतन्त्र स्वीकार गरेर बसिरहनु भनेको नेपालीजनताले आफ्नो घाटी आफैंले काट्नु भएको उनको भनाई छ । उनले गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्रीको भन्दाबालेन्द्र शाहको अस्तित्व बढि रहेको बताए । राष्ट्रपति, प्रधानमन्त्री र संवैधानिकआयोगकापदाधिकारीलाई जनताले स्वीकार नगरेको उनको भनाई छ । नारायणहिटीमा रहेको श्रीपेच ज्ञानेन्द्र शाहलाई परि¥याउननसकेसम्म देशमा समृद्धि नआउने उनको भनाई छ । अहिले धर्म निरपेक्षता र गणतन्त्रको नाममा अराजकता बढिरहेको उनको अरोप छ ।

‘धर्म निरपेक्षताको नाममागाई काटिएको हेर्नुभन्दा, गणतन्त्रको नाममा देश बेचिएको हेर्नुभन्दा ज्ञानेन्द्र सरकारलाई हामीले चाँडोभन्दा चाँडो राजगद्दीमा पुनर्स्थापना गरौं । अनिबल्ल देश ट्रयाकमा हिड्छ । यो व्यवस्थाले जनतामारिरहेको छ,’– उनले भने ।
गणतन्त्रमान्ने पार्टी र व्यक्तिलाई उनले राष्ट्रघातीको संज्ञा दिए । आगामीअसोज २० गते रत्नपार्कमा स्वतस्फूर्त राष्ट्रिय झण्डासहित उपस्थितहुनउनले सबै नेपालीलाई आग्रह गरे । ‘अबआउने २० गते रत्नपार्कमा भेलाहोउँ । २०औं हजार मान्छे सहभागीहोउनभन्ने मेरो अपेक्षा रहेको छ । त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ ।’ उनले भने,‘त्यसलाई लिन सक्नुपर्छ । श्रीपेचजनताको अधिकार हो । त्यो जनताको अधिकार प्रयोगगरेर राजालाई गद्दीमा ल्याउन पर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);