राप्रपा प्रदेश सरकारमा सामेल हुनेः केन्द्रीय सदस्य गिरि | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

राप्रपा प्रदेश सरकारमा सामेल हुनेः केन्द्रीय सदस्य गिरि

टीका खतिवडा ||
इलाम १५ असोज ||

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा शिक्षा बिभाग प्रमुख डा. राजेश गिरिले आफ्नो पार्टी प्रदेश सरकारमा सामेल हुन सक्ने बताउनु भएको छ । नविन राप्रपाको अवधारणा तथा भुगोल केन्द्रित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले कोशी प्रदेशमा मध्यावधिक चुनाव हुने अवस्था आएमा आफ्नो पार्टी सरकारमा सामेल हुने बताउनुको हो ।

प्रदेशमा तीनवटा ठुला दल भएकाले पनि उनीहरुको निर्णय के हुन्छ भन्नेमा आफुहरुले हेरिरहेको उहाँको भनाई छ । दुई दल बिचको सरकार फेरबदल भइरहेको अवस्थामा पनि आफ्नो पार्टीले केन्द्रदेखी नै एमालेसँग गठबन्धन तोडिएको भन्दै सरकार दिगो रुपमा सञ्चालनका लागि आफुहरु जुनसुकै दलसँग सहकार्य गर्न सक्ने उहाँको भनाई छ ।

मध्यावधिक चुनाव गर्दा देशले ठुलो आर्थिक भार ब्यहोर्नुपर्ने भएकाले पनि देशलाई आर्थिक भारबाट बचाउन भएपनि सरकारमा सामेल हुने उहाँको भनाई छ । सरकार बनाउने र सरकार ढाल्ने बिषयमा आफुहरुले नसोचेको भन्दै उहाँले देश कमजोर बन्न नदिने बताउनुभयो । हाल देश आर्थिक रुपमा एकदमै कमजोर स्थितीमा रहेकाले पनि पुन चुनाव गराउँदा देशले अझ ठुलो आर्थिक भार ब्यहोर्नुपर्ने उहाँको भनाई छ ।
हजारौँ वर्षदेखी राजा भएको देशमा राजा हटाएपछि हाम्रा सन्तानले रिण लिएर जन्मिरहेकाले पनि यो बयवस्था बदल्न युवा शक्ति लाग्नु पर्ने उहाँको जोड छ ।

पछिल्लो समय यस पाटीले समेत जागरण अभियान सञ्चालन गरिरहेको छ । यहि अभियानका लागि इलाम आउनु भएका उहाँले अब पार्टीमा युवा शक्ति आउने बताउनुभयो । युवालाई समेत राजनितिमा ठाउँ दिन आफ्नो पाटी तयार रहेको भन्दै उहाँले पाका र बृद्ध उमेरकाहरुले भएको पद युवाहरुलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);