शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरीः अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरीः अर्थमन्त्री महत

काठमाडौं, १५ असोज ||

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमवार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौति र जरुरी रहेको बताउनु भयो । उहाँले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताउनु भयो । उहाँले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गर्नुभयो । उहाँले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताउनु भयो । उहाँले साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);