काठमाडौं, १५ असोज । गैरीगाँउ हत्याकाण्डका आरोपी सन्जय भण्डारीले केही व्यक्तिको यसअघि नै हत्या गरेको बयान दिएपछि प्रहरी नै चकित परेका छन् । प्रहरी हिरासतमा रहेका भण्डारीले विगतमा पनि दर्जनौ भन्दा बढीको हत्या गरेपनि प्रहरीले आफूलाई पक्राउ गर्न नसकेको बताएपछि पुरानो फाइल खोज्न थालेको छ ।
बोल्न नसक्ने अवस्थामा रहेका भण्डारीसँग बहिरा सुंघका अधिकारी र दोभाषेको माध्यमबाट सोधपुछ गरिरहेको छ । ४ जनाको हत्यापछि भाग्दै गरेका उनको सिसिटिभिको फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको थियो । ४ जनाको हत्या गरेको खुकुरी बोकेर घर सिन्धुपाल्चोक जाने तयारीमा रहेको बेला प्रहरीले पक्राउ गरेको थियो ।
उनले एक दर्जन भन्दा बढीको हत्या गरेको पनि प्रहरीसमक्ष बताएका छन् । सन्जयले हत्याका पोल आत्मविश्वासको साथ प्रहरीलाई सुनाउने गरेका छन् । उल्टै उनले यति धेरै भनिसक्दा पनि पुष्टि हुन नसकेको भन्दै खिसिट्यिुरी गर्ने गरेको एक प्रहरीले बताए ।




