काठमाडौं, १४ असोज । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली दोस्रो पटक आमाबाबु बन्न लागेका छन् ।
अनुष्काको दोस्रो पटक गर्भवती भएको खबरको पुष्टि भएको अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् । सुन्दर जोडीको घरमा दोस्रो पटक सानो पाहुना आउन लागेको हो ।
अनुष्का र विराट पहिले नै छोरी वामिकाका आमाबुवा हुन्।
उनको पहिलो गर्भावस्था जस्तै उनले आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गर्नेछन्। यसै कारणले नायिका कामबाट टाढै बसेको खबर छ ।
यसबारे कोहली र अनुष्काले पनि छिट्टै घोषणा गर्ने “वाचा“ गरेका छन्।