काठमाडौं, १४ असोज । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षमा दुई नेताबीच प्रतिस्पर्धा हुने भएपनि उपाध्यक्षमा भने टीकाराम चेम्जोङ सर्वसम्मत चयन हुने भएका छन् । चेम्जोङ यसअघि प्रदेश कमिटी उपाध्यक्ष थिए । उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध उपाध्यक्ष बन्ने भएका हुन् ।
अध्यक्ष पदमा बिनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ । त्यसैगरी, सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।
दुई उपसचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दर्ता भएको छ । २१५ सदस्यीय प्रदेश कमिटीमा इलामबाट १५ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।
प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुंगो लगाउने भएको हो ।