पोखरा, १४ असोज । पर्वतको कुश्मामा शनिबार बाढीले बगाएर बेपत्ता भएको जीप मोदी किनारमा फेला परेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा मोदी किनारमा जीप भेटिएको हो । जीपसँगै बेपत्ता भएका ३ जनामध्ये एक जनाको शव पनि भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।
शनिबार साझ बाग्लुङदेखि पोखराका लागि छुटेको ग १ ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता बनाएको थियो । जिपमा सवार बेपत्ता भएका मध्ये एक जना तिलोत्तमा नगरपालिका–९ निवासी गोपालप्रसाद बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहानैदेखि प्रहरीले बाँकी २ जनाको खोजी कार्य जारी राखेको छ । तर गाडी चालक भने बाच्न सफल भएका छन् । उनले गाडी रोक्न खोज्दा खोज्दै बाढी आएपछि आफु भागेको र ३ जनासहित जीपलाई भने बाढीले बगाएको चालकले प्रहरीलाई बताएका छन् ।