एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने

काठमाडौं, ११ असोज ||
नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदि किनाराबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिव १ हजार किलोमिटर यात्रा हुने बताइएको छ । यस बीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताउनु भयो ।

उहाँले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिनुभयो । त्यस्तै आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशन अघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनु भयो ।

उहाँले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताउनु भयो । उहाँले यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);