लखनउ लैजादै गर्दा माआवादी नेता बडुवालको निधन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

लखनउ लैजादै गर्दा माआवादी नेता बडुवालको निधन

धनगढी, ११ असोज । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । निमोनियाबाट पीडित उनको बिहीबार बिहान निधन भएको हो । कैलालीको लम्कीचुहा नगरपालिका–२ चौरीवासीका स्थानीय बडुवालको स्वास्थ्य समस्या भएपछि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो ।

त्यहाँबाट नेपालगञ्जस्थित नर्सिङ होम लगिएका बडुवालको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लग्ने क्रममा बाटोमा निधन भएको हो ।

माओवादीको तीनमहिने अभियानको क्रममा डोटीको बडीकेदार र जोरायलमा बडुवाल खटिएका थिए । सोही क्रममा स्वास्थ्य समस्या भएको थियो । २०७१ साल असोज २० गते जोरायलमै भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);