| ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

काठमाडौं, १० असोज ||

नेकपा(एमाले)का सांसद) गोकुलप्रसाद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताउनुभएको छ । बुधवार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको नियमित रुपमा अनुगमन गर्नुपर्ने बताउनुभएको हो । उहाँले अस्पतालले खरिद गर्ने तर प्रयोगको अवस्थाको बारेमा त्यति ध्यान नदिने भन्दै उहाँले उपकरणहरुको अनुगमन आवश्यक भएको बताउनु भयो । उहाँले सरकारी अस्पतालहरुले नै बिरामीको रोग पहिचानको नाममा बाहिरी अस्पतालहरुमा पठाउने गरेका कारण बिरामीहरु मार्कामा परेका बताउनु भयो । उहाँले अस्पतालको उपकरणहरुको अवस्था सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै सांसद बाँस्कोटाले दशैँको समयमा कृतिम अभाव गराइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले उद्योगीले पैसा लिएर वास्तविक उखु किसानलाई चाहीँ नदिने गरेको भन्दै रकम वास्तविक किसानले नै पाउनेगरी कार्ड वितरण गर्नुपर्ने बताउनु भयो ।
उहाँले चिनीमा पाउने सहुलियतमा समेत सिन्डिकेट भइरहेको भन्दै सो सिन्डिकेटलाई तोड्नुपर्ने बताउनु भयो ।

त्यस्तै बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद अच्युत मैनालीले अनुदानको मल वितरणमा समस्या भएको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले अस्पतालहरुले आवश्यकताको आधारमा नभइ अतिरिक्त लाभको उद्देश्यले उपकरण किन्दा बेवारिसे भइरहेको बताउनु भयो ।उहाँले सरकारी संस्थानहरुलाई प्रतिष्पर्धी बनाउनुपर्ने पनि बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);