नेपालले मंगोलियाविरुद्ध २७३ रनको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपालले मंगोलियाविरुद्ध २७३ रनको फराकिलो जित

काठमाडौं,१० असोज । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको फराकिलो जित निकालेको छ ।

पहिलोपटक नेपालले मंगोलियाविरुद्ध शानदार जित निकालेको हो । नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको हो । मंगोलियाका कुनै पनि खेलाडीले नेपाली बलर सामु टिक्न सकेनन् ।

नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);