संवैधानिक परिषद्, भागबण्डा परिषद्को रुपमा विकसित भयोः काँग्रेस नेता केसी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

संवैधानिक परिषद्, भागबण्डा परिषद्को रुपमा विकसित भयोः काँग्रेस नेता केसी

काठमाडौं, ९ असोज ||

नेपाली काँग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणाी गर्नुभएको हो ।

उहाँले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनुहरुले निर्य र छायाँमा राख्ने काम भइरहेको बताउनु भयो । उहाँले मागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरुले छाया बनाउन नसक्ने बताउन आवश्यक रहेको बताउनु भयो । नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरुले छायाँमा राख्दा स्वतन्त्र संवैधानिक निकायहरु अझ निरिह हुनसक्ने बताउनु भयो। उहाँले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुज कम गर्ने विषयमा कडाई गर्नुपर्ने बताउनु भयो । उहाँले महालेखानियन्त्रक कार्यालयले रकम निकासामा कडाई गर्दा पनि बेरुजु कम हुनसक्ने अवस्था रहेको बताउनु भयो।

उहाँले महालेखानियन्त्रक कार्यालयले रकम निकाशामा नियन्त्रण गर्नसक्ने रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);