प्रहरी जवानको हत्यामा संम्लग्न २ भारतीयसहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

प्रहरी जवानको हत्यामा संम्लग्न २ भारतीयसहित ४ जना पक्राउ

काठमाडौं, ९ असोज । बारामा पूर्व सशस्त्र प्रहरी जवानको हत्या गरेको आरोपमा २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ परेका छन् । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र अमरेश कुमार सिंहको हत्याको आरोपमा सोमबार बिहानै ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सिंहको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडासमेत भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा सिंहलाई बाहिर बोलाएर धारिलो हतियार प्रहार गरी हत्या भएको थिए । उनीहरुबीच रक्सीको विषयमा पटकपटक झैझगडा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);