काठमाडौं, ९ असोज । बारामा पूर्व सशस्त्र प्रहरी जवानको हत्या गरेको आरोपमा २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ परेका छन् । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र अमरेश कुमार सिंहको हत्याको आरोपमा सोमबार बिहानै ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सिंहको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडासमेत भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको अवस्थामा सिंहलाई बाहिर बोलाएर धारिलो हतियार प्रहार गरी हत्या भएको थिए । उनीहरुबीच रक्सीको विषयमा पटकपटक झैझगडा भएको थियो ।