नेपाल–चीनबीच १२ बटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर, प्रचण्डलाई गार्ड अफ अनर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

नेपाल–चीनबीच १२ बटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर, प्रचण्डलाई गार्ड अफ अनर

काठमाडौं, ८ असोज । नेपाल र चीनबीच १२ बटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा १२ बटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् ।

नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी, संयुक्त प्राविधिक कार्यसमूह निर्माण, विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धीलगायतका सम्झौता आदानप्रदान भएको हो । सोमबार बेइजिङमा ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्ताकाक्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको टिप्पणी गर्नुभयो । रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउनुहुँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पु¥याउन नेपालले काम गरिरहेको बताउनुभयो ।

द्विपक्षीय वार्ता अघि प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी, गार्ड अफ अनर दिइएको थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय काग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेचिसँग पनि प्रधामन्त्री प्रचण्डले भेट गर्नुभएको छ । अध्यक्ष झाओले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई विशेष महत्त्व दिएको भन्दै नेपालको विकासका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);