सल्यानमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सल्यानमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भिर घाइते

काठमाडौं, ८ असोज । सल्यानमा जिप दुर्घटना हूँदा २ जनाको मृत्यु भएको छ । एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरबोट गाउँपालिका ३ चोरखोला नजिक सेता पैरा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

जिप सडकदेखि ३ सय मिटर तल खसेको बुझिएको छ । मृतको सनाखत हुन नसकेपनि उनीहरु दुवै जना पुरुष रहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगर २ का नारायण योगी दुर्घटनामा गम्भिर घाइते भएका छन् ।

उनको थप उपचारको लागि तुलसीपुर पठाइएको हो । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);