सिम्रौनगढ नगरपालिकाका तत्कालीन अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

सिम्रौनगढ नगरपालिकाका तत्कालीन अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ७ असोज । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । पालिकाकै ८ वडा नम्बरको कचोर्वास्थित जनता माध्यामिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको ठहर गर्दै उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीलगायतले भुक्तानीको लागि स्वीकृत भएको भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी उपभोक्ता समितिलाई दिएका हुन् ।

अख्तियारले मरासेनी र चौधरीलाई ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो कायमगरी असुल उपर हुन मागदाबी गरेको छ । भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवविरुद्ध पनि सोही बिगो कायमगरी आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);