नयाँ प्रविधि र टेक्नोलोजी बढी भन्दा बढी प्रयोग गर्न जरुरी छ : अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

नयाँ प्रविधि र टेक्नोलोजी बढी भन्दा बढी प्रयोग गर्न जरुरी छ : अर्थमन्त्री महत

काठमाडौं, ५ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गर्नुभएको छ । बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताउनु भयो । अर्थमन्त्री महतले बैंकहरुले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्ट जनाउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरुले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय बैंकहरुलाई लगानी नगर् भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने बताउनु भयो । उहाँले बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरुले ब्याज बढाउनु राम्रो नभएको बताउनु भयो । उहाँले सरकारी बैंकहरु ब्याजदर घटाएको भन्दै अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा लगानीमा टेक्टोलोजी प्रणालीमा अग्रहणी भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । उहाँले निक्षेप तथा कर्जा सुुरक्षण कोषले निक्षेपकर्ताहरुको लगानी जोखिमलाई न्युनिकरण गर्नसके मात्रै निक्षेप बढ्नसक्ने बताउनु भयो । उहाँले साना–साना वचत कर्जा र उद्यमहरुको विकास गर्नसके मात्रै अर्थतन्त्र माथि जानसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आर्थिक गतिविधिमा भविष्यमा आउन सक्ने जोखिमलाई जति न्युन गर्न सकियो । उति निर्धक पूर्वक आर्थिक कारोबार बढ्छ । त्यस्तो लगानी गर्दा साना लगानीकर्ता, निक्षेपकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुमा सुरक्षा हेर्छन् । त्यो जोखिम जति कम गर्न सक्यो त्यति साना वचत कर्ताहरुबाट पुँजी प्रवाह हुन्छ । त्यसले मुलुकको अर्थतन्त्र माथि लैजान्छ । साना कर्जा प्रवाह र साना उद्योगहरु स्थापना हुन्छ । यसले नै धेरै रोजगारीहरु सिर्जना गर्छ । ठूला संस्थाहरुले ठूलो रोजगारी सिर्जना गर्न सक्दैन । निक्षेप सुरक्षण कोषलाई सक्षम बनाउन जरुरी छ । यो युग टेक्नोलोजीको हो । इन्फरमेसन टेक्नोलोजी र डिजिटल अर्थतन्त्रको कुरा गरिरहेका छौं । टेक्नोलोजीलाई हामीले भरपुर प्रयोग गर्नुपर्छ । यसले हाम्रो कष्ट ट्रान्जेक्सन कम गर्छ । साना उद्यम व्यवसायी र निक्षेपकर्ताहरुलाई सहज रुपमा प्रणालीमा जोड्नसक्छ । वर्तमान नयाँ प्रविधि र टेक्नोलोजि बढी भन्दा बढी प्रयोग गर्न जरुरी छ ।

आउने दिनमा निक्षेप तथा कर्जा सुरक्षण कोषले टेक्नोलोजीको प्रयोगमा अग्रहणी भुमिका खेल्न आवश्यक छ । पछिल्लो समय बैंकहरुलाई लगानी नगर भनेर नकारात्मक चेन छ त्यसलाई अन्त्य गर्नुपर्छ । अर्थतन्त्रमा रिसोर्स छ । अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्छ । आर्थिक गतिविधि बढ्दा रोजगारी बढ्छ । अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी छ । निजी क्षेत्रले पनि अर्थतन्त्रको विषयमा सकारात्मक कुराहरु प्रवाह गर्न जरुरी छ । जति नकारात्मक रुपमा गयौं त्यति आफैँलाई समस्या हुन्छ । बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ । बैंकहरुले यस्तो बेलामा पनि अझै ब्याज बढाउनु भयो । ब्याजदर घटाउनु होला भनेर स्थानीय निकायको रकम पनि बैंकमा गणना गर्ने भन्यौं । सरकारी बैंकहरु केहीले घटाउनु भयो । बैंकहरुले ब्याजदर घटाउनेतर्फ ध्यान दिऔं ।’

त्यस्तै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मुलुक अर्थतन्त्रलाई सपोर्ट गर्ने कर्जालाई प्राथमिता दिनु पर्ने बताउनु भयो । उहाँले बैंकको कर्जा दिगो विकासको लागि ग्यारण्टी गर्नसके मुलुकको अर्थतन्त्रमा सुधार आउने बताउनु भयो । उहाँले त्यसबाट बैकहरुलाई पनि राम्रो हुने अवस्था रहेको बताउनु भयो ।

उहाँले भदौ महिनामा बैंकहरुबाट करिव ४१ अर्ब रुपैयाँ कर्जा बिस्तार भएको बताउनु भयो । उहाँले गत वर्षको भदौ महिनाको भन्दा यो वर्ष राम्रो सुधार भएको बताउनु भयो । उहाँले मुलुकको वित्तीय परिसूचकहरु प्रायः सबै राम्रो रहेको बताउनु भयो । उहाँले बैंकको कर्जाको ब्याजदर पनि १३ प्रतिशतबाट १२ प्रतिशतमा आएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);