इजरायली आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु, ३० घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

इजरायली आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु, ३० घाइते

death body

काठमाडौं, ४ असोज । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको निधन भएको छ भने ३० जना घाइते भएका छन् ।

इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो । उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरुको गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको बताउनु भयो ।

इजरायलीहरु बिरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ । इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताउनु भयो ।

फतह पार्टीसँग संवद्ध सशस्त्र संगठन अल अक्शा शहीद बिग्रेडका लडाकु मोहम्मद अबु अल बाहको घरलाई घेरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);