युद्धबिरामपछि पनि लेबनानका प्यालेस्टाइनी शरणार्थी त्रासमा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

युद्धबिरामपछि पनि लेबनानका प्यालेस्टाइनी शरणार्थी त्रासमा

एजेन्सी, ३ असोज । दक्षिणी लेबनानको तटीय शहर सिडोन नजिकैको ऐन अल हेल्वेह शरणार्थी शिविरमा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेशन (पीएलओ) लडाकुहरु र इस्लामवादी लडाकुहरुबीच युद्धबिराम लागू भएको केही दिनपछि अधिकांश शरणार्थीहरुको जनजीवन सामान्य अवस्थामा फर्केको छ ।

झडपका कारण भागेका उनीहरु पुनः आफू बसेको स्थानमै फर्किन थालेका हुन् । यद्यपी अझैपनि झडप हुने डर उनीहरुमा रहेको छ । लेबनानी संसदका सभामुख नाबिह बेरीले युद्धबिरामको मध्यस्थता गर्नुभएको थियो । तरपनि विनाश र क्षतिको मात्रा ठूलो रहेको बताइएको छ ।

प्यालेस्टाइनी शरणार्थी नाजेक क्लाइबले स्थानको विनाको अवस्था देख्दा स्तब्ध भएको बताउनु भयो । उहाँले केही शरणार्थीहरुले भने सुरक्षा अवस्था अझै अस्थिर भएकाले आफूहरु तत्काल शिविरमा नफर्किने जनाएको बताउनु भयो ।

ऐन अल हेल्वेहमा शान्तता कायम भएपनि झडपको डरले शिविर र आसपासका क्षेत्रको जनजीवन तनावग्रस्त बनेको छ । झडपको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);