टप गायिका सुनिधि चौहानको कहानी : १८ वर्षमा परिवारविरुद्ध विवाह, १ वर्षपछि सम्बन्ध विच्छेद | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

टप गायिका सुनिधि चौहानको कहानी : १८ वर्षमा परिवारविरुद्ध विवाह, १ वर्षपछि सम्बन्ध विच्छेद

एजेन्सी,२ असोज । सुनिधि चौहान बलिउडकी शीर्ष गायिका मध्ये एक हुन्। उनले सानै उमेरमा करियरको उचाइ छोएकी थिइन् । एक रियालिटी शोले सुनिधि चौहानलाई रातारात स्टार बनायो। गायिकाले आफ्नो करियरमा जति प्रगति गरिरहेकी थिइन्, त्यति नै उनले आफ्नो व्यक्तिगत जीवनमा झन्झटिलो सामना गरिरहेकी थिइन् ।

सुनिधिले १८ वर्षको उमेरमा बबी खानसँग विवाह गरिन् । फरक धर्म भएका कारण उनको परिवार यो विवाहका लागि तयार थिएन । दुवैको उमेरमा पनि १३ वर्षको अन्तर थियो । सुनिधि १८ वर्षकी थिइन् भने बबी खान ३१ वर्षका थिए । गहिरो प्रेममा परेकी सुनिधि चौहानले आफ्नो बाटोमा आउने हरेक पर्खाल तोडेर बबी खानसँग विवाह गरिन् । सुरुमा सबै ठीकठाक थियो तर पछि मतभेद सुरु भयो र नतिजा सुनिधि चौहानले एक वर्षमै डिभोर्स गरिन् ।

१९ वर्षको उमेरमा सम्बन्धविच्छेद गरेकी सुनिधि चौहानले आफ्नो सम्पूर्ण ध्यान करियरमा केन्द्रित गरिन् र छोटो समयमै हिट गीत गाइन् । केही समयमै उनी शीर्ष गायिका भइन् । यसपछि २०१२ मा उनले संगीतकार हितेन सोनिकसँग दोस्रो विवाह गरिन् र २०१८ मा सन्तानकी आमा बनिन् । सुनिधि चौहानले बलिउड बबलसँगको कुराकानीमा आफूले जीवनमा गरेका गल्तीबारे बताइन् । उनले आफूले धेरै गल्ती गरेको तर जीवनमा राम्रा कुराहरु आइरहेकोमा धन्यबाद दिइन् ।

सुनिधि चौहानले थप भनिन्, ‘जब महिलाले विवाहबाट बाहिरिने निर्णय गर्छिन्, तब उनीहरूलाई अप्ठ्यारोको सामना गर्नुपर्छ ।’ सुनिधिले आफ्नो वैवाहिक जीवनमा त्यति नराम्रो अवस्था नदेखेको तर धेरैजसो महिलाले जस्तै आफूलाई पनि अलिकति लाज महशुस गर्नुपर्ने बताइन् । सम्बन्धविच्छेदमा बारे थप भनिन् चौहानले भनिन्, ‘समय बदलिँदै छ र त्यो समयमा अड्किएका मानिसहरू मात्र यस्तो बोल्छन् । धेरै परिवर्तन भइरहेको छ र म अहिले यसको सकारात्मक पक्ष मात्र देख्छु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);