दोधाराचाँदनीमा चाँडै सुक्खा बन्दरगाह बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

दोधाराचाँदनीमा चाँडै सुक्खा बन्दरगाह बन्दै

पुष्कर भट्ट ||
कञ्चनपुर, १ असोज

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा चाडै सुक्खा बन्दरगाह बन्ने बताउनु भएको छ । सोमबार दोधाराचाँदनीमा बन्ने सुक्खा बन्दरगाह क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदुत श्रीवास्तले समयमै सुक्खा बन्दरगाह बन्ने विश्वास व्यक्त गर्नुभयो । राजदुत श्रीवास्तले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त सुक्खा बन्दरगाह निर्माण भए दुवै देशलाई फाईदा हुने बताउनुभयो ।

पुर्वमन्त्री एव नेपाल काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले दोधाराचाँदनीको सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढिसकेको बताउनुभयो ।
दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले सुक्खा बन्दरगाह परियोजनामा मलेरिया नालामा पुल र फोहोरमैला व्यवस्थापन समेटिनु पर्नेमा जोड दिनुभयो । उहाँले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भिर हुनुपर्ने बताउनु भयो ।

डिपिआर अनुसार कञ्चनपुरको दोधाराचाँदनीस्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा एकीकृत जाँच चौकी–आइसिपी बनाउन प्रस्ताव गरिएको छ । झन्डै दुई सय ८० बिगाहा क्षेत्रफलमा बन्ने आईसीपीमा भन्सार, बैंक, गोदाम, जाँचपास, सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइनलगायतका आवश्यक भौतिक संरचना बन्नेछन् ।

पहिलो चरणमा ७ अर्ब र दोस्रो चरणमा ८ अर्ब गरी परियोजनाको कुल लागत १५ अर्ब रहेको छ । सुख्खा बन्दरगाह र आईपीसी बन्ने भएपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने छ भनेर यहाँका नागरिक हषिर्त भएका छन् । जिल्लाका स्थानीयहरुले पनि देशकै गौरवको आयोजना सुख्खा बन्दरगाह निर्माण कार्य शिघ्र गर्नुपर्नेमा जोडदिएका छन । प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलदेखि पश्चिम करिब १२ सय मिटरको दूरीमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);