सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा : मुठ्ठिदान देखि २५ करोड बार्षिक बजेटको यात्रामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा : मुठ्ठिदान देखि २५ करोड बार्षिक बजेटको यात्रामा

बाँके, २९ भदौ । सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका अस्पताल विकाश समिति अध्यक्ष टेकेन्द्र मल्लले अस्पतालले एक बर्ष अवधिमा गरेका प्रगति बिवरण सार्बजनिक गर्नुभएको छ।
उक्त प्रगति विवरण कार्यक्रममा अस्पताल बिकाश समिति सदस्य इमरान खान मोबिन खान दिपा के सि आचार्य शिवराज श्रेष्ठ डम्बर बहादुर बि क ूतुफानूसदस्य सहितको टिमले एक बर्षभित्र भए गरेका प्रगति विवरण पत्रकार सम्मेलन मार्फत अस्पताल बिकाश समिति अध्यक्ष मल्लले प्रगति सार्बजनिक गर्नुभएको हो।

बि।स।२०६२ मंसिर २७ गते प्रखर परोपकार मिशन नेपालको स्थापना गरेर २०६४ साल बैशाख १७ गते महामन्डलेश्वर प्रखर महाराज बाट अस्पताल भवनको शिलान्यास भएको थियो।२०६४ माघ ११ गतेदेखि १७ गतेसम्म धनधान्यन्चल महायज्ञ संचालन गरेर त्यस बाट संकलन भएको आर्थिक रकमले अस्पतालको शुरूवात भएको थियो।२०७४ साल असारमा ११ गते तत्कालीन स्वास्थ्य मंन्त्री उपेन्द्र यादव बाट अस्पतालमा ओपिडि सेवा उद्वाटन गरेर शुरुवात भएको थियो।२०७५ साल मंसिर ५ गते अस्पतालको आफ्नै अप्रेसन थिएटरमा अप्रेसन सेवाको सुरुवात गरिएको थियो।सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका बिरामी आउने गरेका छन् ।यि तीन प्रदेशको बिरामीहरुलाई सेवा दिदै ३० हजार क्यान्सर बिरामीहरुको उपचार र ७२९ जनालाई अप्रेसन गरिएको थियो।

अस्पताल बिकाश समिति अध्यक्ष टेकेन्द्र मल्लले २०७९ भदौ २३ गते पदभार गरेलगत्तै नेपाल सरकारको स्वास्थ्य म्याद बिमा सकिएका ७० बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई अस्पतालले लिने शुल्कको ५०५ अस्पताल बिकाश समितिले ब्यहोर्ने निर्णय भएको छ।
पश्चिम नेपालकै सम्भवत पहिलो पोजिटिभ प्रेसर आई सि यु सेवा सुरु गरेको छ।क्यान्सर उपचारका लागी आउने बिरामीको संख्यामा उल्लेख्य क्यान्सर बिरामीलाई उपचार गरेको हो।भारतीय दूतावासको सहयोगमा सुबिधा सम्पन्न ए क्लासको एम्बुलेन्स र अस्पतालमा कार्यरत कर्मचारीहरुका लागी बस भारतीय राजदुतावास मार्फत हस्तान्तरण भई संचालनमा ल्याईएको छ।

सरकारले धूम्रपान मध्यपान बाट संकलन राजश्व रकम बाट क्यान्सर बिरामीलाई निशुल्क उपचार गर्न सके सुशील कोईराला प्रखर क्यान्सर अस्पताल उत्कृष्ट हुने छ।भने अझै क्यान्सर अस्पतालको प्रशासनिक भवन पुरानो भएकाले पानी छुहिने भवनमा अवस्थित रहेको छ।यती धेरै एक बर्षको अन्तरालमा तिब्र गतीमा प्रगति हुनुमा बौद्धिक र युवा काम गर्ने जुनुन भएका अस्पताल बिकास समिति अध्यक्ष मल्ल लगाएत अस्पताल बिकास समितिले पुर्ण रूपमा एकजुट हुनु र अस्पतालको निर्देशक डा।निरज भट्टराई पनि युवा र सम्पुर्ण कर्मचारी चिकित्सक सबैको सहयोगका कारण प्रगति गरेको छ। यसरी नै आगामी दिनहरुमा पनि समन्वय सहकार्य गरेर अस्पताल बिकासका लागी काम गर्दै गए पश्चिम नेपालको नमुना अस्पताल हुन बाट कसैले रोक्न सक्दैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);