प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, २९ भदौ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको छ । संसद् सचिवालयको अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);