एजेन्सी,२९ भदौ । श्रीमान–श्रीमतीबीच पटक–पटक झगडा हुने गरेको भए पनि कहिलेकाहीँ यही मिजासका कारण उत्पन्न हुने असमझदारीका कारण यस्ता घटना बाहिर आउने गरेका छन् । उत्तर प्रदेशको एउटा जिल्लामा यस्तै एउटा घटना बाहिर आएको छ । यहाँ एक महिलाले आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । श्रीमानले आफ्नी श्रीमतीलाई विशेष खाना पकाउन भनेका थिए ।
जानकारीका अनुसार साँझको खानामा अण्डाको करी बनाउने विचारमा रिसाएपछि श्रीमतीले श्रीमानलाई छुरा प्रहार गरेकी हुन् । आक्रमणमा परी घाइते भएका श्रीमानलाई अस्पताल भर्ना गरिएको छ । जहाँ उनको अवस्था खतरामुक्त छ । घटनाको बारेमा कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।
घटना भारत नगरको पिपल अड्डाको हो । यहाँ विनीत शर्मा दिनभर काम गरेर बुधबार साँझ ७ः३० बजे घर पुगेका थिए । उनले आफ्नी श्रीमती मोहिनीलाई अण्डाको करी बनाउन भने। यही विषयलाई लिएर श्रीमान–श्रीमतीबीच झगडा भएको थियो ।
झगडाका क्रममा विनीतले उनलाई तीतो कुरा भने । मोहिनी त्यतिबेला भान्सामा काम गरिरहेकी थिइन् । उनले हातमा रहेको चक्कुले विनीतमाथि आक्रमण गरेका थिए । चक्कुले विनीतको खुट्टामा हानिन् र रगत बग्न थाल्यो ।
कोलाहल सुनेर परिवारका सदस्यहरु पनि आएर दृश्य देखेर छक्क परे । उनले तत्कालै विनीतलाई उपचारका लागि मेडिकल कलेजमा भर्ना गरे । पटियालीगेट प्रहरी चौकीका इन्चार्ज रितेश ठाकुरले यस विषयमा अहिलेसम्म कुनै उजुरी नपरेको बताए ।