तीन दिन उपत्यकाका यी क्षेत्रमा विद्युत् आपुर्ति बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

तीन दिन उपत्यकाका यी क्षेत्रमा विद्युत् आपुर्ति बन्द हुने

काठमाडौं, २८ भदौ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने जनाएको छ । प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको हो ।

टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्ने भएको छ ।

प्राधिकरणको अनुसार ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुनेछ ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।

हेर्नुहोस् सूचना

Leave a Reply