प्रहरीले भन्यो–अनुमति बिना प्रहरीको पोशाक प्रयोग गरे कारवाही हुन्छ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

प्रहरीले भन्यो–अनुमति बिना प्रहरीको पोशाक प्रयोग गरे कारवाही हुन्छ

Nepal Police Headquarter

काठमाडौं, २८ भदौ । नेपाल प्रहरीले अनुमति नलिई भिडियो बनाउने प्रयोजनका लागि पोशाक प्रयोग नगर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यलयले चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो तथा फेसबुक, टिकटक लगायतका लागि भिडियो बनाउने प्रयोजनका लागि अनुमति नलिइ पोशाक प्रयोग नगर्न निर्देशन दिएको हो ।

प्रहरीको पोशाकको दुरुपयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति जारी गरेर प्रहरीको श्रव्यदृश्य शाखामा स्वीकृति लिएर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

‘पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र त्यसमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग गराउन हुन स्पष्ट पार्दछौं ।’–जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);