टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च

काठमाडौं, २७ भाद्र । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बामोटर्सले  बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युबनाडा अटो शोमा लन्च गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुनबलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भन्नुभयो,“टिभिएस मोटर्सले सँधै नयाँप्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइलउद्योगमानयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ। टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानीगर्दै आएको छ र नेपालमाविद्युतीयदुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमाहामीगर्व गर्दछौं। टिभिएस नेपालको अग्रणी कम्पनिहो। हामीले हाम्रो पोर्टफोलियोमाईभिहरु थपेर नेपालमाहाम्रो नेतृत्वको स्थितिलाई अझबलियो बनाउने लक्ष्य राखेका छौं। हामीविश्वस्त छौं कि जगदम्बामोटर्स प्रालिले टिभिएस आईक्युबकाग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्नेछ।”

टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलकासिनियर भाईस प्रेसिडेन्ट, मनु सक्सेनाले भन्नुभयो,“नेपालमा टिभिएस आईक्युबलन्च गर्न पाउँदाहामीनिकै उत्साहित छौं। विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामीअहिले त्यो आवश्यकता पूरा गर्न पाउँदाहामीअत्यन्तै उत्साहित छौं। टिभिएस आईक्युबमाक्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथप्रदर्शन र प्राविधिक सुविधाहरूको सहीमिश्रण छ। साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभीग्राहकहरूको लागिअत्त्यन्तै उपयोगीहुनेछ।टिभिएस आईक्युबले १५०,००० भन्दा बढी भारतीयग्राहकहरूलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभवप्रदान गरेको छ। टिभिएसकाभारतीयउपभोक्ताहरुले ७०० मिलियनकिलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन्र र ५७०० टनको कार्बन एमिशन घटाएका छन्, जुन १ मिलियन रूखहरू रोप्नु जस्तै हो।नेपालमाहाम्रो सक्षम र फराकिलो आपÞm्टरसेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिकप्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियमउत्पादनहरू उपलब्ध गराउने टिभिएस मोटर्सको प्रयास हो। यो भिजनलाई ध्यानमा राख्दै, टिभिएस आईक्युबको परिक्षण विगत केहीमहिनादेखि नेपालको विभिन्नभूभाग र मौसमको अवस्थाहरूमा व्यापक रूपमागरिएको छ। टिभिएस आईक्युबको स्वामित्वहाम्राग्राहकहरूकालागि एक रोमाञ्चकअनुभवहुनेछ भन्ने कुरामामाहामीविश्वस्त छौं।”

त्यसैगरी, लन्चमा बोल्दै जगदम्बा गु्र्रपका चेयरम्यान शाहिल अग्रवालले भन्नुभयो, “टिभिएस मोटर्सको नयाँविद्युतीय स्कुटर टिभिएस आईक्युब नेपालीबजारमालन्च गर्न पाउँदाहामी धेरै उत्साहित छौँ। टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको क्षेत्रमा महत्वपूर्ण योगदानभएको छ । यसले हाम्राग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ। हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। टिभिएसको जुनपहिला देखिको रेन्ज छ त्यसैलाइआईक्युबले पनि निरन्तरतादिनेछ र भविष्यको लागिनयाँ बेन्चमार्क सिर्जना गर्नेछ। नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाटईभि लिनेविकल्पदिएको छ। टिभिएस मोटरसँगको हाम्रो साझेदारीले गुणस्तर र भ्याल्यु प्रदान गर्ने हाम्रो समर्पणको उदाहरण दिन्छ। हामी टिभिएस आईक्युबले व्यवसाय र व्यक्तिहरूलाई समान रूपमापार्ने सकारात्मकप्रभाव हेर्न उत्सुक छौं।”

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाकालागिशक्तिशालीएलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा७इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड रब्यागेज हुकले यात्रामापर्याप्त सहजताप्रदानगर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीकालागिअधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगततथापारिवारिक दुवै प्रयोगकालागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको कम्पनीको दाबी छ ।

कम्पनीको अनुसार शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ। टिभिएस आईक्युबमाकुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्जप्रदानगर्दछ। ४.५ घन्टामा०–८०% सम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथप्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायतीहुनेछ। पावर र ईको मोडले राइडरलाई रेन्जअथवा परफर्मेन्स रोज्ने विकल्पप्रदानगर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनिभूभागमाबलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ।

टिभिएस आईक्युबनयाँयुगको प्रविधि र स्मार्ट सुविधाहरूका साथभरिपूर्ण छ। टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट,जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युबएपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्यअवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधापनि रहेको छ। एलेक्सा स्किलसेट मार्फत जानकारी लिनभ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमादिइएका एक्टिभ समयमैसर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमाजानकारी दिन्छ । यस स्कुटरले आगमनकल र एसएमएस अलर्ट मात्रहोइन, सामाजिक सञ्जालकाएपका नोटिफिकेसनहरू समेत प्रदानगर्दछ।

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १,००० ग्राहकहरूका लागि रु.४,२९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ। भृकुटीमण्डपमा सुरू भएको नाडा अटो शोमा सार्वजनिकगरिएको यस टिभिएस आईक्युबकोबारेमाविस्तृत जानकारीकालागि टिभिएसको स्टल नं.व्११मागएर हेर्न सकिनेछ । साथै टिभिएस नेपालको वेबसाइट (www.tvsnepal.com/iqube)  तथा काठमाडौंमा रहेका टिभिएसका ६ वटा डिलरसिपमा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);