सन्नीले धर्मेन्द्रलाई उपचारका लागि अमेरिका लगे | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

सन्नीले धर्मेन्द्रलाई उपचारका लागि अमेरिका लगे

एजेन्सी, २६ भदौ । सन्नी देओलले आफ्ना बुवा तथा दिग्गज अभिनेता धर्मेन्द्रलाई उपचारका लागि अमेरिका लगेका छन् । इन्डिया टुडेको रिपोर्टका अनुसार सन्नी आफ्ना बुवासँग अमेरिकामा १५–२० दिन बस्नेछन् ।

धर्मेन्द्रको अवस्था आत्तिनुपर्ने कुरा नभएको र उमेर सम्बन्धी समस्याको उपचारका लागि अमेरिका लगिएको स्रोतले बताएको छ । धर्मेन्द्र ८७ वर्षका छन् । रिपोर्टका अनुसार सन्नी देओल धर्मेन्द्रको अमेरिकामा उपचार नहुँदासम्म उनीसँगै बस्नेछन् ।

धर्मेन्द्र हालै रिलिज भएको फिल्म रकी और रानी की प्रेम कहानीमा शबाना आजमीसँग देखिएका थिए । यस बाहेक धर्मेन्द्रसँग पाइपलाइनमा अन्य केही परियोजनाहरू छन्। धर्मेन्द्रले सन् १९६० मा फिल्म ‘दिल भी तेरा, हम भी तेरे’ बाट आफ्नो करियर सुरु गरेका थिए । अहिलेसम्म करिब ३ सय चलचित्रमा काम गरिसकेका छन् ।

सन्नी देओल यतिबेला आफ्नो फिल्म गदर–२ को सफलताको मजा लिइरहेका छन् । फिल्मले करिब ५१२ करोड कमाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);