काठमाडौं,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको मृत्युले आफू मर्माहत भएको बताएका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति १ बजे ह्दयाघातबाट मृत्यु भएको हो ।
नेम्वाङको अप्रत्यासित निधनले आफु स्तब्ध भएको पौडलले उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले नेम्वाङप्रति श्रद्धान्जली दिंदै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।