इराकमा तेल परियोजनाका लागि पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

इराकमा तेल परियोजनाका लागि पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

इराकी तेल मन्त्रालयले आईतवारबाट बगदादमा पहिलो तेल परियोजना र लाइसेन्सिङ टुरहरुको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु गरेको छ । इराकको तेल मन्त्रालय र संसदीय ग्यास तथा प्राकृतिक श्रोत समितिको आयोजनामा भएको चार दिने प्रदर्शनीमा चिनियाँ कम्पनी, इराकी कम्पनीहरु र अन्य देशका पनि केही कम्पनीहरुले सहभागीता जनएका छन् । यस प्रदर्शनीले इराकी तेल उद्योगलाई सुधार गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिने बताइएको छ । प्रदर्शनीका क्रममा पेट्रो चाइना इन्टरनेशनल कम्पनीका महाप्रवन्धक चेन जिन्नोङले मेलाले इराक चीनबीचको सम्बन्धलाई पनि राम्रो बताउनु भयो ।

त्यस्तै सीएनओओसी इराक लिमिटेडका प्रवन्ध निर्देशक शी वेनसेङले चाइना नेशनल अफशोर आयल कर्पोरेशनले मध्यपूर्वमा एक दशकभन्दा बढी देशहरुमा व्यापार सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले प्रदर्शनीले तेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले इराकमा व्यापार बिस्तारका लागि थप अवसर खोज्नु आफूहरुको लक्ष्य भएको बताउनु भयो ।

त्यस्तै झेन्ह्वा वेल इबीएस पेट्रोलियम कम्पनी लिमिटेडका प्रमुख वित्त अधिकारी झाङ वेले प्रदर्शनीमा तेल कम्पनीहरुको विकासमा मद्दत पुग्ने बताउनु भयो । प्रदर्शनीले इराकी तेल उद्योगलाई सुधार गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिने विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);