गाउँपालिका अध्यक्षसँग तीन ओटा नागरिकता | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

गाउँपालिका अध्यक्षसँग तीन ओटा नागरिकता

nagarikata

काठमाडौं, २५ भदौ । सर्लाहीका एक गाउँपालिका अध्यक्षसँग तीन ओटा नागरिकता रहेको रहस्य बाहिरिएको छ। कीर्ते गरी विभिन्न मितिमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको भन्दै कारबाहीको लागि अदालतमा मुद्दा दायर भएपछि गाउँपालिका अध्यक्षले नै तीन ओटा नागरिकता लिएको खुलासा भएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साहले विभिन्न मितिमा तीन ओटा नागरिकता लिएको पाइएको हो। विभिन्न मितिमा कीर्ते गरी साहले नेपाली नागरिकताको प्रमाणपत्र लिएको देखिएको छ।

गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा किर्ते गरेको नागरिकता प्रस्तुत गरेको भन्दै नागरिकता किर्तेमा कारबाही गर्न अदालतमा मुद्दा दायर भएको छ। उच्च अदालत जनकपुरमा मुद्दा दायर भएको र उच्च अदालतले साहलाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्ने भएको बुझिएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीश द्वय सागर विष्ट र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले साहलाई पक्राउ गरी अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय बरहथवालाई पत्राचार गरेको छ।

साहसँग पहिलो नागरिकता नम्बर २१७ मा जन्म मिति २००१र०१र१० रहेको १९–०१–७३–०८६३६ नम्बर रहेको दोस्रो नागरिकतामा जन्म मिति २०११र०१र१० उल्लेख छ। यसै गरी साहसँग अर्को नागरिकता रहेको पनि दाबी गरिएको छ।

गाँउपलिकाका अध्यक्ष साहले तीन ओटा नागरिकता राखेको भन्दै अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय बरहथवामा निवेदन दिन खोज्दा प्रहरीले निवेदन लिन अस्वीकार गर्दै आएको थियो। इलाका प्रहरी कार्यालय बरहथवाले मुद्दा दर्ता गर्न नै अस्वीकार गरेपछि स्थानीयहरु उच्च अदालत जनकपुर पुगेका थिए।

उच्च अदालत जनकपुरले मुद्दा दर्ता गरी अनुसन्धान र कारबाही अगाडि बढाउन परमादेश जारी गरेपछि इलाका प्रहरी कार्यालय बरहथवाले मुद्दा दर्ता गरेको छ तर मुद्दाको अनुसन्धान गर्न प्रहरीले आनाकानी गरिहरेको आरोप स्थानीयले लगाएका छन्। नागरिक न्युजबाट

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);