सर्लाहीको मलंगवामा कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

सर्लाहीको मलंगवामा कर्फ्यु

सर्लाही, भाद्र २३
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको कार्यालयले जनाएको छ ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा अझ बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको प्रशासनले जनाएको छ ।

कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);