काँग्रेस नेता यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दा गगनमाथि प्रश्न तेर्सियो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

काँग्रेस नेता यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दा गगनमाथि प्रश्न तेर्सियो

काठमाडौं, २२ भदौ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध गरेपछि सामाजिक सञ्जालमा फेरी अर्को बहस सुरु भएको छ । त्रिविका प्राध्यापक प्रेम चलाउनेलाई नेविसंघका नेताहरुले खुकुरी प्रहार गर्दा चुप लागेको भन्दै २ खाले व्यवहार गरेको उनीमाथि आरोप लागेको छ । राजनेताले सबैको समस्या समान देख्नुपर्ने आम मानिसहरुको तर्क छ ।

थापाले सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए । बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गरेका थिए । उनले के काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गरे । कोही जलाई दिन्छु भन्ने, कोही खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाडौंमा आफूहरु एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो । उनले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

महामन्त्री थापाले भने,‘नेपाली काँग्रेस सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो मध्यान्ह काठमाडौंमा सांघातिक आक्रमण भएको छ । मैले गलत्तै चिकित्सकहरुलाई सम्पक गरेको थिए । चिकित्सकहरुको भनाई अनुसार उहाँ भाग्यले बाच्नुुभएको छ । उहाँले नछल्नु भएको भए जे पनि हुनसक्थ्यो । म उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ गर्नुपर्छ । तर एउटा सन्काले सनकेर हान्यो । म नेपाली काँग्रेसका तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर योे घटना कसरी भयो, किन भयो ? यसका सबै पक्षहरुको बारेमा राम्रोसँग अनुसन्धान होस् । र, योसँगै जोडिएका अरु सबै पक्षहरुको पनि । म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु–के हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाई दिन्छु भन्छन कोही यस्तो गर्छन् । हामी एक्लै हिँड्न हुने हो कि होइन ? म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँ बोलेको सुनेको छु । यसलाई छाडिने छैन, यस्तो गरिने छैन । म आग्रह पनि गर्न चाहन्छु–जिम्मा लिएको धेरै बोल्ने होइन, गर्ने हो । हामी परिणाममा हेर्न चाहन्छौं । हामीले परिणाममा देख्यौ भने त्यसको मूल्यांकन गर्ने संसद छ । नागरिक छ । आम जनता छन् । सञ्चार माध्याम छन् । काठमाडौंमा एउटा सांसद, संविधान सभाको सदस्य भएको व्यक्ति कार्यक्रममा सहभागी भएर आउँदैगर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई के कुरा पनि भन्नुपर्छ । हिजो मैले समाचारहरु पनि पढेँ सम्माननीय सभामुख महोदय । यो लेखिएको छ भने घटना हुनुभन्दा पहिलो महेन्द्र यादवले के बोले भनेर लेखिएको छ । त्यसको आशय के हो ? महेन्द्र यादवले जे सुकै बोलेका हुन् । महेन्द्र यादवले कसैलाई मन नपर्ने बोले । कसैलाई चित्त नबुझने कुरा बोले । कसैले पनि बोलेको कुरालाई लिएर सांघातिक आक्रमण गर्ने, खुकुरी प्रहार गर्ने जायज ठहर्न सक्छ ? यदी हामी कुनै पनि ढंगबाट हिंसालाई जायज बनाउने कोशिस गरिरहेका छौ भने त्यो गलत छ । सम्माननीय सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यो संसद भित्र रहेका सबै राजनीतिक दलहरु, सञ्चार माध्याम, नागरिक, नागरिक समाज सबैले एक पटक मनन गर्ने बेला आएको छ कि यदी समाजमा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई देखाएर यदी हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, हिंसालाई प्रोत्साहन गर्ने घटना वा हिंसात्मक गतिविधिहरुलाई कुनै न कुनै मानेबाट प्रश्रय दिन हामीले खोज्यौं भने नेपाली समाजले ठूलो मूल्य चुकाउनु पर्छ । हामी धेरै संघर्ष र सकसबाट हिंसाबाट बाहिर निस्केका छौं । तर कता, कता असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दा पनि असन्तुष्टिलाई भजाएर अराजकता मच्चाउने खालको पहलकदमी भएको हामीले देखिरहेका छौं । महेन्द्र यादवमाथि आक्रमण भयो भन्नेकुरा मात्रै होइन यो । मान्छे म¥यो भन्ने कुरा होइन सभामुख महोदय, काल पल्क्यो भन्ने कुरा हो । त्यसैले यो घटनालाई सामान्य घटनाको रुपमा लिनुहुन्न । अराजकताले जसरी नेपाली समाजलाई गाँँज्न खोज्दैछ । कुनै न कुनै माध्यामबाट यसलाई वैद्य वा जायज ठह¥याउने कोशिस गरिरहेका छौं । यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । यो बारेमा हामी सबै सचेत हुनुपर्छ । अन्त्यमा यही बीचमा हामीले सुन्यौ–कान्ति बाल अस्पतालमा लाईन बसीरहेका एउटा हजुरबुबाले आफ्नी नातिनीको उपचार गराउन नसक्दाखेरी मृत्यु भयो । मैले समाचारमा पढेँ, नियम बनाउनुपर्नेछ । म आफैँ स्वास्थ्यमन्त्री भएको बेला बनाइएको कानून छ । अस्पतालमा अत्यावश्यक सेवा लिनुपर्ने मान्छेले लाईन बस्नै पर्दैन । त्यो नियम छ । अहिले नियम नभएको कारणले भनेर ढाकछोप गर्न खोजिएको छ । पाँच वर्षीय बालिका काठमाडौंको अस्पतालमा उपचार नपाएर मृत्यु भएको घटना पढ्न, सुन्न हामी बाध्य भएका छौं । यो घटनालाई पनि सामसुम नपारियोस् । यसको बारेमा सत्यतथ्य के हो ? छानविन भएर सदनलाई जानकारी गराइयोस । सम्माननीय सभामुखमार्फत म सरकारसँग माग राख्न चाहन्छु ।’

त्यस अवसरमा महामन्त्री थापाले ५ वर्षीया एक बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको उल्लेख गर्दै सो घटनाको छानबिन गरी तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);