‘मुलुकको आर्थिक अवस्था कमजोर छ,तत्काल कुनै चमत्कार हुने अवस्था छैन्’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

‘मुलुकको आर्थिक अवस्था कमजोर छ,तत्काल कुनै चमत्कार हुने अवस्था छैन्’

काठमाडौं, २२ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताउनुभएको हो । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धि प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले वैदेशिक रोजगारमा नागरिकहरु जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरुलाई सम्मानित र यर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले उनीहरुलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासन सम्बन्धि राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो,‘वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो । यसको अर्को विकल्प तत्कालका लागि छैन । यो एकदमै पीडादायक अवस्था हो । तर अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ । त्यसले गर्दाखेरी तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन । रोजगार हुने स्थिति पनि छैन । तर यसलाई सुरक्षित हिसावले पु¥याउने, मर्यादित हिसावले पु¥याउने र पछि उनीहरुलाई आफ्नो मुलुकमा फर्काएर यहाँ कसरी पुनस्थापना गराउने गरी राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य गरिरहेका छौं ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगि हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाई गरिरहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);