भोजपुर,२१ भदौ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
टेम्केमैयुम गाउँपालिका–२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।